पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु

३० पुष २०७९, शनिबार ११:१९

काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय र शाखा कार्यालयहरु सुचारु राखेका छन् । बीमा प्राधिकरणको लेखापरिक्षण शाखा समेत आज सुचारु रहेको छ । लेखापरिक्षणको पुस मसान्तको काम सकाउन आज बीमा प्राधिकरण समेत खुल्ला रहेको छ । प्राधिकरणले अन्य सम्पूर्ण सेवा भने सार्वजनिक बिदा भएको कारण बन्द गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*