तीन क्षेत्रमा महालक्ष्मी लाइफको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

१ माघ २०७९, आईतवार ११:२६

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम संचालन भएको छ । समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाईफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राखे । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गरे ।

यसै क्रममा पौष २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झा को अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार साहले गर्नु भएको थियो । ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संचालन प्रकाश झा ले गर्नु भएको थियो ।

धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानिय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिएका थिए । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको संचालन रोहन घतानीले गरेका थिए ।

पौष २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो । कमलमान सिँह चौहानले संचालन गर्नु भएको कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*