प्राइम कमर्सियल बैंकद्धारा ५ जना संचालक नियुक्त, अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

१ माघ २०७९, आईतवार ११:५१

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

यसअघि पुष २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट श्रेष्ठसहित उदयमोहन श्रेष्ठ र नरेन्द् बज्राचार्यलाई नियुक्त गरेको थियो । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेललाई संचालकमा चयन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*