पोखरामा दुर्घटनाग्रस्त जहाजको सबै बीमा हिमालयन एभरेष्टमा अर्बभन्दा माथि दावी तिर्नुपर्ने

१ माघ २०७९, आईतवार १६:३१

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त भएको यति एयर लाइन्सको जहाजको क्षति नेपालकै पहिलो मर्जर सम्पन्न गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पर्ने भएको छ । केही वर्ष पहिले प्रभु इन्स्योरेन्स कम्पनीमा रहेको यति एयर लाइन्सको बीमा हाल हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा रहेको छ ।

सो कम्पनीले ६८ जना यात्रुको क्यानको नियम अनुसार ५० हजार डलरका दरले भुक्तानी गर्नुपर्नेछ भने चालक दलका सदस्य तथा क्रुमेम्वरको एक लाख डलरका दरले भुक्तानी गर्नुपर्नेछ । सो आधारमा यात्रु तथा चालक दलको मात्रै करिब ४० करोड र जहाज र अन्य सम्पत्ति नष्ट समेत गणना गर्दा कूल एक अर्ब नाघ्ने प्रारम्भिक रुपमा अनुमान गरिएको छ ।

यति एयरलाइन्सको बीमा दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको कम्पनीले पुष्टि गरेको छ । साथै कम्पनीले पुनर्बीमक कम्पनीसँग सम्वाद समेत सुरु गरिसकेको जनाइएको छ ।

हवाई जहाजको बीमाको ठूलो हिस्सा विदेशी पुनर्बीमा कम्पनीमा हुने भएपनि त्यसको निश्चित प्रतिशत नेपाली कम्पनीले व्यहोर्नुपर्ने हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको टाउकोमा पनि करोडौं रुपैयाँको भार पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*