आइपीओ निष्काशन प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ साधारण सभा ?

२ माघ २०७९, सोमबार १०:५२

काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ १५ गते बस्दैछ । कम्पनीको पाँचौ सभा अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्नेछ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर (आइपीओ)निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै गत आव २०७८।७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*