नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुष ७ गते सम्पन्न ३६औं बार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।
बैंकले गत मंसिर २० गतेसम्म आफ्नो हितग्राहि खातामा बैंक खाता समेत अद्यावधिक गराएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामा नै जम्मा भइरहेको बैंकले जनाएको छ । साथै सो मितिपश्चात् बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको पनि तत्पश्चात क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।
तसर्थ आफ्नो सम्बन्धित शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगराएका उक्त बैंकका शेयरधनीहरुले यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण गरि नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत क्ष्एक् सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।