मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण

२ माघ २०७९, सोमबार १२:१८

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

अमेरिकन लाइफ इन्स्योरेनस कम्पनीको आव २०७८।७९ को बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि कम्पनीले न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत एक वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, कम्पनीले शिक्षा संरक्षण योजनाअन्तर्गत १ वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यसका साथै मेटलाइफले अग्रिम भुक्तानी योजनाअन्तर्गत भने १ वर्षदेखि १५ वर्षसम्मका लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ५५ रुपैयाँ र २१ वर्ष वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

उक्त बोनसदर मृत्यु दावी, समपर्ण मूल्य दावी, चुक्तामूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*