बीमा प्राधिकरणद्धारा युनियन लाइफलाई बोनस शेयर बढाउन निर्देशन, करिब ९ प्रतिशत लाभांश स्वीकृत

२ माघ २०७९, सोमबार १२:३७

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आव २०७७।७८ को मुनाफाबाट चुक्तापुँजीको ८.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त प्रस्तावित लाभांश नियमक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणबाट सो लाभांश परिमार्जन भएको हो । सो अनुसार कम्पनीको पुष २९ गतेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले चुक्तापुँजीको ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

सो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*