इन्फिनिटी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस शेयर ?

२ माघ २०७९, सोमबार १२:४१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको पुष ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम आव २०७८।७९ मा एग्रो लघुवित्त वित्तीय संस्थालार्य प्राप्ति गरी एकिकृत कारोबार शुरु गरिसकेको हुँदा बोनस शेयर वितरणमा कर लाग्ने छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*