फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा तीन संचालक चयन

२ माघ २०७९, सोमबार १३:५४

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक निर्वाचित गरेको छ । संस्थाको पुष ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको समूहतर्फबाट ३ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

संचालकमा ग्लोबल आइएमई बैंकका तर्फबाट सुरेन्द्रराज रेग्मी, कुमारी बैंकका तर्फबाट गणेश कुमार केसी र आइसीएफसी फाइनान्सको तर्फबाट अमित श्रेष्ठ चयन भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*