३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

२ माघ २०७९, सोमबार १८:२५

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र शाखा कार्यालय मार्फत निर्जिवन बीमा सेवा प्रवाह गरिरहेका ओरियन्टल इन्स्योरेन्स कम्पनीले लेखापरिक्षण प्रतिवेदन बीमा प्राधिकरणमा बुझाउन नसकेका हुन् ।

त्यस्तै, जीवन बीमा तर्फ मेट लाइफ बाहेक कुनैले पनि लेखापरिक्षण बुझाउन सकेनन् । एक्चुरी भ्यालुएसनको समस्याको कारण जीवन बीमा कम्पनीहरुले लेखापरिक्षण प्रतिवेदन बुझाउन नसकेका हुन् । नेपालमा एक्चुरी भ्यालुएसन नभएको कारण एक्चुरीको लागि छिमेकी मूलुक भारतकै भर पर्नुपर्ने समस्याको कारण यस्तो समस्या बर्षिर्नै भोग्दै आईरह्नुपरेको छ।

बीमा कम्पनीहरुले भारतबाट एक्चुरी गराएपश्चात् बीमा प्राधिकरणमा पेश गर्दा कुनै समस्या देखिए पुन एक्चुरीलाई देखाउनुपर्ने हुन्छ ।
जसको कारण समय थप लम्बिएको जीवन बीमा कम्पनीका सिईओहरुको छ । जसको कारण बर्षिनै अन्य कम्पनीहरुको तुलनामा एक आर्थिक बर्ष जीवन बीमा कम्पनीहरुको लेखापरिक्षण ढिला हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*