कुमारी र एनसीसी बैंक एकआपसमा गाभिदा पुष १६ गतेसम्मको खुद मुनाफा सवा २ अर्ब

३ माघ २०७९, मंगलवार १२:११

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेडले गत पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकले साविक एनसीसी र कुमारी बैंक लिमिटेड गाभिँदा पुष १६ गतेसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कुमारी र एनसीसी गाभिदा बैंकको पुष १६ गतेसम्म खुद मुनाफा २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । जसमा कुमारीको नाफा १ अर्ब ६० करोड र एनसीसीको नाफा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

सार्वजनिक विववरणअनुसार एनसीसी भन्दा कुमारी बैंकको अधिकांश सूचक बलियो देखिएको छ । सो अवधिसम्म कुमारीको खुद ब्याज आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ र एनसीसीको २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । दुई बैंक एकआपसमा गाभिएपश्चात् खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

यता कर्जा प्रवाहमा पनि कुमारी नै बलियो देखिएको छ । मर्जरपछि बैंकको कुल कर्जा प्रवाह २ अर्ब ८७ अर्ब रुपैयाँ नाघेको छ । जसमा कुमारीको मात्रै १ खर्ब ७१ अर्ब रहेको छ भने एनसीसीको १ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । यता निक्षेपमा पनि कुमारी अघि देखिएको छ । कुमारीको १ खर्ब ८० अर्ब र एनसीसीको १ खर्ब २२ अर्ब गरी समयोजनपछि ३ खर्ब २ अर्ब रुपैयाँ कर्जा परिचालन पुगेको छ ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । जसमा कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसीको ११ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १० अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ । यसरी बैंकको कुल पूँजीकोष ३६ अर्ब ७५ करोड पुगेको छ ।

यता नगद तथा नगद जस्तै सम्पत्तीमा भने कुमारी भन्दा एनसिसीको बढि रहेको छ । मर्जर पछि यस्तो सम्पत्ती १३ अर्ब ६७ करोड रहेको छ । जसमा कुमारीको तीन अर्ब ६७ करोड र एनसिसीको १० अर्ब रहेको छ ।

 

1673932008295

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*