नेप्सेद्धारा तीन कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

३ माघ २०७९, मंगलवार १५:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले महुली लघुवित्त, महिला लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो ।

यी तीनवटै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

साथै नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टिकरण सोधेकोमा यी तीनवटै कम्पनीले अबदेखि यस्तो गल्ती नदोहोर्याउने जनाउँदै स्पष्टिकरण पेश गरेको हुँदा आज (माघ ३) गतेदेखि शेयर फुकुवा गरिदिएको हो । सोपश्चा्त भोलिदेखि नै यी तिनवटै कम्पनीको शेयर कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*