यस्तो छ नेपाल बैंकको शेयर संरचना, कसको लगानी कति ?

३ माघ २०७९, मंगलवार १६:५६

काठमाडौं । नेपाल बैंक लिमिटेडमा नेपाल सरकारको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशतले ७ करोड ३४ लाख ७० हजार १ सय १४ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकमा सर्बसाधारण शेयरधनीहरुको ४९ प्रतिशतले ७ करोड ५ लाख ८८ हजार ९ सय ३३ कित्ता शेयर रहेको छ ।

नेपाल बैंक लिमिटेडको ६३औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको थियो ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस्तो नेपाल बैंकको शेयर संरचनाः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*