लाभांश र मर्जरप्रस्तावसहित युनियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ माघ २०७९, बुधबार १०:५१

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ वार्षिक साधारण सभा माघ २६ गते बस्नेगरी बोलाएको हो ।

सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले कम्पनीले सेयरधनीलाई ८.९७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको सेयर संरचना ५१% संस्थापक र ४९% सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९% कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । हाल यस इन्स्योरेन्सको उक्त सेयर अनुपात ७०ः३० रहेको छ ।

सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । माघ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यो इन्सुरेन्स मर्जर प्रक्रियामा रहेकाले हाल यसको सेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*