राष्ट्र बैंकद्धारा निफ्रालाई जारी निर्देशन संशोधन, के थपिए के हटे ?

४ माघ २०७९, बुधबार १३:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ ।
जसमा पूर्वाधार विकास बैंकले (निफ्रा)ले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक कारोबार विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिर्पोटिङ पोर्टल)मार्फत केन्द्रीय बैंकमा पेश गर्नुपर्नेछ ।

यसअघिको व्यवस्थामा पूर्वाधार विकास बैंकले यस्तो विवरण केन्द्रीय बैंकको रिर्पोटिङ पोर्टलमा मात्रै अपलोड गर्नुपर्ने व्यवस्था रहेको थियो ।

साथै बैंक तथा वित्तीय संस्थाहरुले संशोधित व्यवस्थाअनुसार इन्ट्रि विवरण वा प्रोफाइल सम्बन्धी विवरणहरु सोही अनुसूचीमा तोकिएको अवधिभित्र सुपरिवेशक्षकीय सूचना प्रणाली रिर्पोटिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्नुपर्नेछ । यसअघिको निर्देशिमा यस्तो व्यवस्था रहेको थिएन ।

साथै यसअघिको निर्देशिकामा अन्तर बैंक कारोबार विवरण र दैनिक तरलता सम्बन्धि फारामहरु हटाइएको छ । साथै यस प्रयोजनका लागि निर्धारित निर्देशन बमोजिमको विवरण भरी हप्ता वितेको सात दिनभित्र अनिवार्य रुपमा केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा आइपुग्ने गरी पठाउनुपर्ने निर्देशन समेत हटाएको छ ।

ABC (1)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*