राष्ट्र बैंकद्धारा ६ विकास बैंकलाई कारबाही, भारि जरिवानामा परे पाँच बैंक

४ माघ २०७९, बुधबार १४:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई नियम मिचेको भन्दै हर्जानासहित कारबाही गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८९।८० को पहिलो त्रैमासमा यी बैंकहरुले अनिवार्य मौज्दात, विपन्न वर्ग कर्जा र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको हुँदा हर्जाना तिराएको हो ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य मौज्दातमा दुई पटक र विपन्न वर्ग कर्जामा एक पटक कारबाही गरेको छ । सोहीअनुसार केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई पहिलोपटक ७०६ रुपैयाँ ६२ पैसा र दोस्रोपटक ३२ हजार ६९६ रुपैयाँ र विपन्न कर्जामा १ लाख ५२ हजार ९२९ रुपैयाँ ८८ पैसा हर्जाना तिराएको छ ।

साथै कर्पोरेट डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले सीडी रेसियो कायम गर्न नसकेका कारण जरिवाना तिराएको छ । केन्द्रीय बैंकले कर्पोरेटलाई साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगर्दा २० लाख १३ हजार २ रुपैयाँ र भदौ महिनामा २३ लाख १४ हजार ४९३ रुपैयाँ हर्जाना तिराएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकलाई पनि सोही नियमअन्तर्गत नै साउन महिनामा १ लाख २६ हजार ३८४ रुपैयाँ र भदौ महिनामा १६ लाख ९९ हजार १५१ रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पनि सोही अन्तर्गत नै साउन महिनामा ४ लाख ६३ हजार ७९४ रुपैयाा र भदौ महिनामा ५ लाख १६ हजार ३०७ रुपैयाँ हर्जाना तिराएको छ । यसका साथै सप्तकोशी डेभलपमेन्ट बैंकलाई पनि केन्द्रीय बैंकले कर्जा निक्षेप अनुपात अन्तर्गत साउन महिनामा २१ लाख ८० हजार ६६३ रुपैयाँ र भदौ महिनामा २८ लाख ९७ हजार ३५४ रुपैयाँ जरिवाना तिराएको छ ।

साथै सालपा विकास बैंकलाई भने केन्द्रीय बैंकले अनिवार्य मौज्दात कायम गर्न नसक्दा ३५३ रुपैयाँ ९० पैसा जरिवाना तिराएको छ ।

राष्ट्र बैंकले चारवटा विकास बैंकलाई कर्जा निक्षे अनुपात कायम गर्न नसक्दा चर्को जरिवानासहित कारबाही गरेको हो भने दुई वटा विकास बैंकलाई अनिवार्य मौज्दात कायम गर्न नसक्दा जरिवानासहित कारबाही गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*