शुभम पावरको आइपीओ बाँडफाँड सम्पन्न

४ माघ २०७९, बुधबार १४:२२

काठमाडौं । शुुभम पावर लिमिटेडको बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाण्डौंमा सरोकारवालाका प्रतिनिधीहरु, लगानीकर्ताहरु तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न गरिएको हो ।

कम्पनीले १ सय रुपैयाँका दरले ५८ हजार ५८ कित्ता साधारण शेयर बाँडफाँड गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि गत पौस ६ गतेदेखि पौस २० गतेसम्म खरीद आव्हान गरिएको थियो ।

सो अवधि भित्र जम्मा ९ हजार २ सय ८२ जना आवेदकहरुबाट ४ लाख ४७ हजार ९ सय ७० कित्ता साधारण शेयरको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक आवेदन दिने ९ हजार २ सय ८० जना आवेदकहरुबाट प्राप्त भएको ४ लाख ४७ हजार ९ सय ४० कित्ता बाँडफाँडको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये ५ हजार ८ सय ५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी ५८ हजार ५८ कित्ता शेयर बाँडफाँड गर्ने कार्य यहि माघ २ गते सम्पन्न भएको छ ।

यसरी हेर्नुहोस रिजल्टः

साथै, शेयर बाँडफाँडमा परेका शेयरधानीहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेवसाइटः   https://muktinathcapital.com/ बाट हेर्न सकिने छ ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*