नेप्सेमा तीन कम्पनीको साढे ८४ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

४ माघ २०७९, बुधबार १५:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज मेगा बैंक, रुरु जलविद्यूत कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।

मेगा बैंकको ४ प्रतिशत दरका कुल ६४ लाख ४८ हजार १८४ कित्ता, रुरु जलविद्युतको १० प्रतिशत दरका कुल ४ लाख ४८ हजार ४७६ कित्ता र गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता गरी कुल ८४ लाख ४७ हजार ८६० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*