चैतदेखि बढेको बैंकदरले वित्तीय क्षेत्रलाई असन्तुलित बनायो: अध्यक्ष मल्ल

४ माघ २०७९, बुधबार १७:२७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकदर घटेमा बेसरेट पनि घट्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्रः अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले अर्थतन्त्र उकास्न उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तिय संस्थाले बेस रेटमा लिने प्रिमियम पनि व्यक्ति अनुसार फरक हुँदा यसले समस्या उत्पन्न गरेको बताए । उनले भने, ‘कसैलाई ०.५ प्रतिशत र कसैलाई ६ प्रतिशत सम्म प्रिमियम लिँदा ठूलालाई चयन र सानालाई ऐन जस्तै भएको छ ।’

‘उच्च ब्याजदरले उद्योगी व्यवसायीका साथै समग्र ऋणीहरु आक्रान्त बनेको अवस्था छ’ उनले थपे ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ भन्ने चेम्बरले आवाज उठाउँदै आएको छ ।’ २०७८ चैत मसान्त देखिनै बढेको बैंकदरले वित्तिय क्षेत्रलाई असन्तुलित बनाएको अध्यक्ष मल्लको दाबी छ ।

होटल र्याडिसन काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, विशिष्ट अतिथि डा युवराज खतिवडा र विशिष्ट अतिथि डा स्वर्णिम वाग्ले रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*