आरएसडिसी लघुवित्तको खुद नाफा ६२ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सकारात्मक सुधार

५ माघ २०७९, बिहीबार १०:२१

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको तुलनामा नाफा कमाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशतले १ लाख ४७ हजार ६३ रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ६२.८९ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५८ पैसा बढेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

लघुवित्तको चुक्ता पूँजीमा परिवर्तन भएको छैन भने जगेडा कोष १०८.५३ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी २४.०३ प्रतिशत बढेको छ भने कर्जा २२.०६ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*