एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

५ माघ २०७९, बिहीबार १०:५९

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष २० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयर बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएका शेयरधनीहरुको हकमा नगद लाभांश जम्मा गरिदिएको हो ।

हालसम्म पनि हितग्राही खाता खोली शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्नो शेयर हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गराई उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*