स्वावलम्वन लघुवित्तले नविल बैंकको स्वामित्वमा रहेको शेयर लिलामीमा ल्याउदै, ५५५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

५ माघ २०७९, बिहीबार ११:४०

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । संस्थाले यहि माघ १० गतेदेखि २४ गतेसम्ममा आवेदन दिन पाउने गरी न्युनतम मुल्य ५ सय ५५ रुपैयाँका दरले बोलकबोलबाट बिक्रीमा ल्याएको हो ।

शेयर खरिद इच्छुक आवेदकले न्युनतम १ हजार कित्ता वा सो भन्दा बढी कित्ताको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा माघ २४ गते सम्म आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई पटक पटक लिलामको सूचना प्रकाशित गरिएको हुदा संस्थापक शेयरधनीहरुलाई छुटै ३५ दिने सूचना प्रकाशित नगरिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*