एनआइसी एशिया बैंकको शेयरमूल्य ८४० रुपैयाँ पुग्यो, ८ करोडमाथिको सर्वाधिक कारोबार

५ माघ २०७९, बिहीबार १२:५९

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको सर्वाधिक ८ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही समययता घट्दै आइरहेको बैंकको शेयरमूल्य आज ३.५८ प्रतिशत अर्थात् २९ रुपैयाँले बढेर शेयरमूल्य ८४० रुपैयाँ पुगेको छ ।

साथै यो समाचार तयार पार्दासम्म बैंकको शेयर १० जनाले १ लाख ७४ हजार ३५४ कित्ताका लागि खरिद माग गरिएको छ । माग बढेअनुसार एनआइसी एशियाको शेयरमुल्य बढ्न पुगेको हो । शेयरमुल्य बढेसँगै लगानीकर्ताहरुले धमाधम आफुसँग भएको शेयर बेच्दा साढे ८ करोड रुपैयाँमाथि कारोबार हुन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*