स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ र डिएचआईबीच व्यापार सम्झौता सम्पन्न

५ माघ २०७९, बिहीबार १३:२१

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएका डिएचआईले छोटो समयमानै नेपाली  ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो । पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजि पार्टनरको रुपमा भित्राउन डिएचआई सफल भएको छ ।

यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*