नरेन्द्र बज्राचार्यको प्राइम कमर्सियल बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व, अन्य कुनको कति ?

५ माघ २०७९, बिहीबार १४:०८

काठमाडौं । प्राइम कमर्सियल बैकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक नरेन्द्र बज्राचार्यको रहेको छ । बैंकमा उनको १२ लाख ६९ हजार ५ सय ९७ कित्ता शेयर रहेको छ । उनको कम्पनीका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको भन्दापनि बढी शेयर स्वामित्व रहेको हो ।

बैंकमा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको ३ लाख २९ हजार ४ सय ६१ कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै, सञ्चालक उदय मोहन श्रेष्ठको ८ लाख ५९ हजार ६ सय १७ कित्ता शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, बैकमा सञ्चालक डा. गजेन्द्र विष्टको १८ हजार ४ सय २२ कित्ता, सञ्चालक प्रचण्ड श्रेष्ठको १ हजार ७ सय ९३ कित्ता र सञ्चालक मनोज पौडेलको १ हजार ७ सय ९३ कित्ता शेयर स्वामित्व रहेको छ ।

बैंकका कार्यकारी अधिकृत (सिइओ) नारायण दास मानन्धरको ३ लाख ९२ हजार ७ सय ८० कित्ता र महाप्रवन्धक संजीव मानन्धरको ५ लाख ९३ हजार १ सय ४० कित्ता वरावरको शेयर स्वामित्व रहेको छ ।

प्राइम कमर्सियल बैंकको यस्तो छ शेयर संरचनाः

     

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*