एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ माघ २०७९, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से इन्डेक्स आज ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ ।

नेप्से सूचक बढेपनि आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज शेयरबजारमा ३ अबर्श ४ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको १८करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको १२ करोड ३२ लाख, पिपुल्स हाइड्रोपावरको १० करोड ४० लाख, अपि पावरको ९ करोड ४५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोढ ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*