सिभिल लघुवित्तका ब्रान्च म्यानेजरमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान हुँदै

५ माघ २०७९, बिहीबार १६:५४

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सिन्धुली शाखा प्रमुख दिपेन्द्र मौनालीलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा म्याद थप गरी अनसन्धान गरिरहेको छ ।

प्रहरीले मैनालीलाई आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

सिभिल लघुवित्तको सोही शाखामा कार्यरत एक महिलालाई आत्महत्या दुरुत्साहन गरेको भन्दै महिलाको माइति पक्षले जाहेरी दिएपछि मैनाली पक्राउ परेका हुन् । उनीमाथि आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको र अहिले नै थप विवरण बताउन नसकिने प्रवक्ता केसीले बताए ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भद्रकाली, सिन्धुलीमा कार्यरत कर्मचारी गिता थापा मगरले पुष २१ गते आत्महत्या गरेकी थिइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*