नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढ्यो, अब २ अर्ब रुपैयाँसम्मको इकाइ बिक्री गर्न सकिने

५ माघ २०७९, बिहीबार १६:५०

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने भएको छ । हाल योजनाको आकार १ अर्ब रुपैयाँ रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको सन्दर्भमा यहि पौस १७ गतेका दिनदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए संगै योजनाको आकार बृद्धि भई २ अर्ब रुपैयाँ कायम भएको छ ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ जस अर्न्तगत संञ्चालनको ३ बर्षमा कुल ६५।४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ । जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान तथा लाभांष पुनः लगानी योजना डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ वर्ष अघि यस योजना २० करोड रुपैयाँको आकारमा संञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिको उच्च आकर्षणका कारणले हाल १ अर्ब रुपैयाँ भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*