नेप्सेमा कुमारी बैंकको २६ करोड २२ लाख कित्ता शेयर सूचीकृत, आइतबारदेखि कारोबार गर्न मिल्ने

५ माघ २०७९, बिहीबार १७:१९

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुमारी बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः१ अनुपातमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

एकआपसमा गाभिएपश्चात् समायोजित भई कुमारी बैंकको नाामबाट १०० रुपैयाँ दरको कुल २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् अब मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको समेत नेप्सेले जनाएको छ ।

सोपश्चात् उक्त शेयर अब आइतबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*