कालिन्चोक दर्शनको आइपीओमा तेस्रो दिनमै १४ गुणा बढी आवेदन

५ माघ २०७९, बिहीबार १७:२०

 

काठमाडौं । कालिन्चोक दर्शन कम्पनीको  आइपीओमा तेस्रो दिनमै १४।९३ गुणा बढीको आवेदन परेको छ । सो आइपीओमा १ अर्ब ३३ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ ५ गते) सम्ममा ११ लाख ४७ हजार ५०२ जनाले १ करोड ३३ लाख ९१ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसअघि सर्वसाधारण जारी गरिने कुल कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकिएको छ। लगानीकर्ताले यो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा सबै सेयर बिक्री नभएमा माघ १७ गतेसम्म खरिद आवेदन खुला रहनेछ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*