नेप्सेमा सानिमा जिआइसीको दुई करोड कित्ता शेयर सूचीकृत, कारोबार समेत फुकुवा

५ माघ २०७९, बिहीबार १७:२८

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा जिआइसी इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जरपश्चात समायोजित शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

दुवै कम्पनी एकआपसमा गाभिदा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशे्यर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

साथै नेप्सेले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको नामबाट शेयर सूचीकरण गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको समेत जनाएको छ । सोपश्चात् अब उक्त शेयर आइतबारदेखि नै कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*