सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर सम्बन्धि विशेष प्रस्ताव

६ माघ २०७९, शुक्रबार ११:१८

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको १३औं सभा माघ २७ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९बजे बस्नेछ ।

सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै  गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव प्रस्तावहरु गरिनेछ ।

यसका साथै चालु आव २०७९।८० को लागि लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने तीन जना संचालकहरुको निर्वाचत गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले माघ १६ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*