मितेरी डेभलपमेन्ट बैंकको २३ हजार कित्ता शेयर बिक्रीमा

६ माघ २०७९, शुक्रबार ११:४५

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी दुर्गा बस्नेतको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।

बैंकले २३ हजार कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*