मर्जरले बैंकहरुको क्षमता बढ्दै जान्छ:  गभर्नर अधिकारी

६ माघ २०७९, शुक्रबार १५:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जर नीतिले बैंकहरुको क्षमता बढ्दै जाने बताएका छन् । टक्सार म्यागजिनमा एक अन्तर्वार्तामा गभर्नर अधिकारीले राष्ट्र बैंकको मर्जर नीतिले बैकिङ्ग प्रणालीमा सुशासन कायम गर्न थप सहज हुने बताएका हुन् ।

पछिल्लो समयमा बैंकहरुको संख्या घटाउने उद्देश्यमा राष्ट्र बैंक लागिपरेको छ । ठूला आकारका बैंकहरु हुँदाको लाभ र साना बैंकहरुको बिलयको अवस्थालाई राष्ट्र बैंकले पहुँच बढ्ने तथ्याङ्ककले देखाउने बताएको छ ।

साथै मर्जरले गर्दा साना शेयर होल्डर नगुम्ने र शेयर लगानीकर्ताहरु त्यहिभित्र रही मर्जरले के गर्छ भन्ने कुनै निश्चित बैंकमा निश्चित व्यवसायी समूहको नियन्त्रणमा थियो भने अब अर्को बैंक मर्ज हुँदा त्यो नियन्त्रण हटेर जाने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान दबाद दिनुको उद्देश्य यसले समग्र वित्तीय सबलताका लागि योगदान दिने बताएको छ । साथै मर्जरको नकारात्मक पाटो कम रहेको गभर्नर अधिकारीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*