इम्पेरमेन्ट चार्ज बढेका कारण सिजिटन्स बैंकको नाफा र इपीएस दुवै घट्यो

७ माघ २०७९, शनिबार १२:४४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र इपीएस दुवै गत आवको यसै अवधिको तुनालामा घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.११ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.७७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २९.७१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७ करोडबाट बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६० पैसा घटेर ११ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ७.३१ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.३७ प्रतिशत बढेको छ भने कर्जा ५.५१ प्रतिशत बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*