राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा आधारभूत तालिम कार्यक्रम सम्पन्न

७ माघ २०७९, शनिबार १३:२३

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम मिति २०७९ साल माघ ३ गते देखि माघ ५ गते सम्म युनियन हाउस अनामनगरमा सम्पन गरेको छ ।

बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार संस्थानका कर्मचारी र बरिष्ठ अभिकर्ताहरुले प्रशीक्षण दिएका थिए ।

नेपाल बीमा प्राधिकरनको नयाँ मापदण्ड अनुसार तालिम पश्चात इजाजत पत्रको लागि परीक्षा पनि संथानाले लिएको थियो।
उल्लेखनीय रुपमा रहेको सहभागी संख्या अनुसार अरु बीमा कम्पनीका अभिकर्ताहरु पनि राष्ट्रिय बीमा संथानालाई नै छनौट गरि उत्साहित भएका थिए।

तालिमको प्रमाण पत्र वितरण राष्ट्रिय बीमा संस्थानका प्रशासक कबि प्रसाद पाठकद्वारा गरिएको थियो भने समापन बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*