माछापुच्छ्रे बैंकको नाफा सामान्य बृद्धि, अन्य सूचक कस्तो ?

७ माघ २०७९, शनिबार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा १.४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुष त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानीमा खासै प्रगति नदेखिएको कारण बैंकको नाफा सामान्य मात्रै बढ्न पुगेको हो ।

बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ छ । बैंकको आधार दर ११.२३ प्रतिशत छ भने स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ । बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*