मुक्तिनाथ विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य नाफा कति ?

८ माघ २०७९, आईतवार ०९:५२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुनलामा बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै खुद नाफा सामान्य मात्र बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.९६ प्रतिशत मात्र बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपैयाँबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७९ पैसा घटेर १९ रुपैयाँ ५१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेको छ भने जगेडा कोष ७.२३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.४३ प्रतिशत बढेको छ भने कर्जा ६.२० प्रतिशत बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*