ज्योति विकास बैंकको नाफा र इपीएस दुवै घट्यो

८ माघ २०७९, आईतवार १०:५४

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।

चालु आवको पुष मसान्तसम्ममा बैंकको खुद नाफा ८९.९०% ले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ३४ करोड ४० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, खुद ब्याज आम्दानी भने २५.३६% ले बढेर १ अर्ब १५ करोड १३ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ९१ करोड ८४ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

सञ्चालन नाफा पनि ८९.८९% ले घटेर ४ करोड ९६ लाख ५६ हजार रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा ४९ करोड १३ लाख रुपैयाँ भन्दा धेरै थियो । यस बैंकको इम्पेयरमेन्ट चार्ज ४२०.५३% ले बढेर ६४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले उक्त चार्ज बापत १२ करोड ४७ लाख रुपैयाँ छुट्याएको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट देखिएको हो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसाले घटेर १ रुपैयाँ ६३ पैसामा झरेको छ । गत वर्षको यसैअवधिमा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३० पैसा रहेको छ । निष्कृय कर्जा अनुपात २.०५% बाट बढेर ३.५२% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ३३ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*