गरिमा विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

८ माघ २०७९, आईतवार ११:०४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १.८६% ले बढी हो । गत वर्षको यसैअवधिमा बैंकले ४९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । साथै बैंकको वितरणयोग्य नाफा २१ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ३४.२७% ले बढेर १ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १.८२% ले बढेर ७१ करोढ ६७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्तापुँजी १३.२७ प्रतिशतले बढेर ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २२.९२ प्रतिशतले बढेर कोषमा १ अर्ब ६४ करोड रुपैयाँ संचित रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ । यस अवधिसम्म बैंकको निष्क्रीय कर्जा १.८९ प्रतिशत रहेको छ भने निक्षेप ५.१९ प्रतिशत र कर्जा परिचालन २.६५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*