लाभांश प्रस्ताव सहित तारागाउँ रिजेन्सीद्धारा साधारण सभा आह्वान

८ माघ २०७९, आईतवार ११:२६

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । होटलले फागुन ३ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सञ्चालकहरुको नयुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*