बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ

८ माघ २०७९, आईतवार ११:५३

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर पहिलो पटक ब्रिफिङ लिएका हुन् । नयाँ सरकार बनेपछि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्री पौडेललाई बीमा क्षेत्रका दुई संस्थाले भेटेर समस्याबारे जानकारी गराई सकेपनि आफ्नै मातहतको कार्यालय बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारीसँग भने ब्रिफिङ लिन बाँकी थियो ।

गत बिहिवार भएको छलफलमा अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको समग्र अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए । सो क्रममा नयाँ सुरु हुने लागेको तीन वटा प्रदेश कार्यालयको बारेमा ब्रिफिङ गरिएको थियो भने नयाँ जारी हुन लागेको लघुबीमाको लाइसेन्सको विषय समेत मन्त्री समक्ष प्रस्तुत गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*