ऋणीले कर्जा लिइसकेपछि साँवा र ब्याज दुवै तिर्नैपर्छः गभर्नर अधिकारी

८ माघ २०७९, आईतवार १५:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुले बैंक वा वित्तीय संस्थाहरुबाट कर्जा लिइसकेपछि ब्याज र सावा तिनुपर्ने बताएका छन् ।

कृषि विकास बैंकको ५६औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका हुन् । पछिल्लो समयमा विशेषगरी वित्तीय संस्थाहरुमा कर्जाको किस्ता तिर्नुको सट्टा सदस्य वा केही समूह गठन भई सडकमा आन्दोलनरत रहेको कुरालाई मध्यनजर गर्दै गभर्नर अधिकारीले अराजकताको माथिल्लो रुप रहेको बताए ।

उनले बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताए । साथै सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधारणको निक्षेप भएको बताए ।

अधिकारीले वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको बताउँदै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*