एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

९ माघ २०७९, सोमबार १०:२५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुसार कम्पनीले आफ्ना बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
सार्वजनिक बोनसदरअनुसार एशियन लाइफले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले विभिन्न ५ वटा बीमालेखअन्तर्गत विभिन्न अवधिको लागि प्रतिहजार ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखअन्तर्गत न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि, १५ देखि १९ र २० देखि २४ वर्षसम्मका लागि प्रतिहजार ६१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ भने २५ वर्ष वा सो भन्दा माथि अवधिका लागि कम्पनीले ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

साथै सावधिक जीवन बीमोलखअन्तर्गत बीमितहरुले १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ र २५ वर्षभन्दामाथिका लागि ६० रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।

यसका साथै बालबालिकाको सावधिक जीवन बीमालेखअन्तर्गत पनि कम्पनीले न्यूनतम ४४ रुपैयाँदे्खि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । साथै नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियान वार्षिक धनलाभ जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतम ४२ रुपैयााँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत बीमितहरुका लागि न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

 

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*