मर्जपछि नेप्सेमा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदै, ओपनिङ्ग रेञ्ज कुनको कति ?

९ माघ २०७९, सोमबार १०:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि दुई कम्पनीको शेयर कारोबार हुँदैछ । सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको शेयर आजदेखि कारोबारमा आउने भएको हो ।

साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भई एकीकृत कारोबार सुरु भई सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता भई बिहिबार नेप्सेमा सूचीकृत भएको हो । साथै कुमारी बैंकले एनसीसी बैंकलाई प्राप्तिपश्चात् कायम हुने शेयर सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गराई बिहिबार नेप्सेमा सूचीकृत भएको हो । आजदेखि यी दुवै कम्पनीको शेयर कारोबार गर्न मिल्नेछ ।

सानिमा जिआइसीको ‘एसजिआइसी’ सिम्बोलबाट कारोबार गर्न मिल्नेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल दुई करोड कित्ता सूचीकृत भएको हो । कम्पनीको शेयरले ओपनिङ्ग रेञ्ज ३६७ रुपैयाँ ५० पैसा पाउने देखिएको छ ।
त्यस्तै कुमारी बैंकको ‘केबीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर सूचीकृत भएको हो । बैंकको शेयरले १८९ रुपैयाँ ५६ पैसा ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*