ब्याज आम्दानी बढेपनि आइसीएफसी फाइनान्सको नाफामा गिरावट, इपीएस कति ?

९ माघ २०७९, सोमबार ११:०४

काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोछ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो पुष मसान्तसम्म आइपुग्दा आइसीएफसी फाइनान्सको खुद नाफा ५७.७३% ले घटेर ३ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा यसले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा सञ्चालन नाफा पनि ५६.२९% ले घटेर ५ करोड ७७ लाख रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।

यता, आइसीएफसीको खुद ब्याज आम्दानी भने ३५.५५% ले बढेर २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले २० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै कम्पनीको संचालन नाफा भने ५६ प्रतिशतले घटेर ५ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ९ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६८ पैसा छ । साथै कम्पनीको चुक्तापुँजी ५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६१ करोड ६० लाख रुपैयाँ संचित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*