आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

९ माघ २०७९, सोमबार १२:०७

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सम्पन्न भएको छ । । कम्पनीको २५औं सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

यसका साथै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तिरायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसका अलावा सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरि पारित गरिएको छ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ३ गते नै बुकक्लोजको गरेको थियो । यसर्थ पुष २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*