आशा लघुवित्तको संस्थापक शेयर भोलिदेखि खरिद गर्न सकिने

९ माघ २०७९, सोमबार १२:२१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिदमा भोलि (माघ १०) देखि आवेदन दिन सकिने छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ३७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

शेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*