ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमा समस्या

९ माघ २०७९, सोमबार १४:४२

काठमाडौं ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा समस्या आएको छ । समस्याका कारण कैयौं मानिसहरुले मोबाइल बैंकिङबाट सहज रुपमा कारोबार गर्न नपाएको गुनासो गरेका छन् ।

आज अपरान्ह १ बजेपछि बैंकको ग्लोबल स्मार्ट प्लसले काम गर्न छोडेको हो । ग्लोबल बैंकको मोबाइल बैंकिङ अबरुद्ध भएसँगै मोबाइल एपमा प्रोफाइल, फोटो, खाता नम्वर तथा अन्य विवरण नदेखाएको र कारोबार समेत सफल हुन नसकेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*